वञ्चरोले हानेर आमाको हत्या

maderजिल्लाको शिखरपुर गाविस–८ गिगडीका ३५ वर्षीय अन्तराम बोहराले बञ्चरो प्रहार गरी आमा नन्दा बोहराको हत्या गरेका छन् । बुधबार राति अन्तरामले ६० वर्षीया आमा नन्दाको हत्या गरेका हुन् । मानसिक अवस्था ठीक नभएका उनले वञ्चरोले आमाको खुट्टा र टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण साउदले जानकारी दिए ।

अन्तरामलाई प्रहरी चौकी गाजरीबाट गएको टोलीले आज पक्राउ गरेको छ भने शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published.