संविधानले अपाङ्गलाई समान अधिकार दिएको छ : राज्यमन्त्री मञ्जु चौधरी

Manju Chaudhary

सहरी विकास तथा भौतिक पूर्वाधार राज्यमन्त्री मञ्जु चौधरीले नयाँ संविधानले अपाङ्गता भएकालाई उच्च स्थान दिएको बताएकी छन्। बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधानको कार्यान्वयन र सङ्घीयतालाई पूर्णता दिनु अबको चुनौती रहेको उल्लेख गरिन्।

राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गको हितमा नीति, नियम र कानुन बनिसकेकाले त्यसको कार्यान्वयनमा सबै अपाङ्ग एकजुट हुनुपर्ने बताए।

अभिभावक महासङ्घका अध्यक्ष सुवर्णकेशरी चित्रकारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराई, नेकपा (एमाले)का उपसचिव प्रभा कोइराला, राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक सम्झना शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published.