मधेस, पहाड र हिमालबाट सरकारविरुद्ध एकसाथ आन्दोलन उठ्छ : यादव

Upendra-Yadav1

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस, पहाड र हिमालबाट सरकारविरुद्ध एकसाथ आन्दोलनको आँधीबेहरी उठ्ने दाबी गरेका छन् । नाका अवरोध तत्काललाई हटेको भरमा आन्दोलन नै तुहिएको भ्रम नपाल्न भन्दै उनले संविधान पुनर्लेखन गर्न माग गरे ।
बुधबार राजधानीमा आयोजित संघीय समाजवादी फोरम, नेपालका तीन वटा युवा भ्रातृ संगठनहरुको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अबको आन्दोलनले सरकारलाई घुँडा टेकाउने दाबी गरे ।
‘अन्तरिम संविधानले दिएको अधिकारसमेत खोसेर संविधान जारी गरिएकोले सडक संघर्षको विकल्प छैन,’ अध्यक्ष यादवले भने, ‘चार पाँच जना नेताहरुले मनपरी ढंगले बनाएको संविधान जनताले मान्दैनन् ।’
नेपालको हरेक आन्दोलन र सहादतको अग्रमोर्चामा युवा पुस्ता रहेको स्मरण गर्दै फोरम नेपालका अध्यक्ष यादवले अब उठ्ने आन्दोलनको नेतृत्व लिन युवाहरुलाई आहृवान गरे ।
मधेसी, जनजाति, उत्पीडित खसलगायत दलित, महिला, सीमान्तकृतको अधिकार तथा पहिचानलाई यो संविधानले सुनिश्चित नगरेकाले संविधान पुनर्लेखन गर्नुपर्ने उनले माग गरे । ‘संविधान पुनर्लेखन नहुदाँसम्म मुलुकले निकास पाउँदैन’, उनले भने ।

Leave a Reply

Your email address will not be published.