असई हत्या काण्डमा मुछिने डरले महोतरीमा भागभाग

Thaman Bdr Bk

घटना भएको पाँच महिनापछि सशस्त्र प्रहरीका असई थमन बहादुर विश्वकर्माको हत्यामा संलग्नलाई महोत्तरी प्रहरीले पक्राउ गर्न थालेपछि सदरमुकाम जलेश्वरमा भागभाग भएको छ। महोत्तरी प्रहरीले माघ २९ गते शुक्रबार जलेश्वरनगरपालिका–२ का ३० वर्षीय प्रदीप साह माझी, जलेश्वरनगरपालिका–३ का २५ वर्षीय सजयकुमार साह र जलेश्वरनगरपालिका– १७ का ५५ वर्षीय मोहन ठाकुरलाई पक्राउ गरी अनुसन्धान थालेपछि सदरमुकाम जलेश्वरमा भागभागको स्थिति सृजना भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी सशस्त्र असई विकको हत्या घटनामा संलग्न तीन जना माथि कत्र्वय ज्यान र आगजनी मुद्दा अन्तर्गत अनुसन्धान सुरु भएको सार्वजनिक गरेपछि सदरमुका जलेश्वरमा भागभाग हुन थालेको हो। बाँकेको कचनापुरका बासिन्दा विकका भाई प्रेम विकले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको एसपी जनक भट्टराईले बताए।

विक हत्या काण्ड मुद्दामा एक दजर्न भन्दा बढीको संलग्नता रहेको जानकारी बाहिर आएपछि घटनामा संलग्न भए÷नभएका, घटनास्थलका प्रत्यक्षदर्शी र केही जिल्ला स्तरीय नेताहरु पनि अहिले प्रहरीको घरपकडबाट बच्न सुरक्षित स्थलतर्फ भागेको स्थानीयले बताएका छन्।

असई बिकको हत्यामा नाम मुछिने डरले २५औ३० जना भन्दा बढी युवाहरु अहिले घर छाडी सुरक्षित स्थलतर्फ भागेको स्थानीयले बताए। प्रहरी उक्त घटनामा संलग्न रहेकाको यकिन नामावली सार्वजनिक नगरेकाले उक्त मुद्दामा नाम नभएका पनि सशंकित भइ घर छाडेर भागेको स्थानीयको कथन छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी जनक भट्टराईले अन्य आरोपीबारे अनुसन्धान भइरहेको भन्दै उनीहरुको नामावली सार्वजनिक गर्न नमिल्ने बताएपछि अन्य सर्वसाधारणमा त्रासको स्थिति सृजना भएको हो।

कतिपय युवाहरु घटनामा संलग्न नभएपनि आफूपनि फस्न सक्ने डरले घर छाडेर भागेको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले बताए। मुद्दामा संलग्न यकिन व्यक्तिको नामावली सार्वजनिक गरेर दोषीलाई पक्राउ गरी भयको वातावरण समाप्त पार्नु पर्ने तर्क साहले बताए।

महेशकुमार दास/नागरिकन्युज

Leave a Reply

Your email address will not be published.