नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ८ सैनिकको मृत्यु

Nuwakot Mapकाठमाडौंबाट त्रिशुलीतर्फ आउँदै गरेको माइक्रोबस नुवाकोटको मदानपुर–८ केउरेनीमा दुर्घटना हुँदा नेपाली सेनाका ८ जना सैनिकको मृत्यु भएको छ। शनिबार भएको उक्त दुर्घटनामा ६ जना घाइतेको उद्दार पछि उपचारका लागि काठमाडाैं पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। बसमा १६ जना सवार रहेका र केही हराइरहेका जानकारी अाएको प्रजिअ ढकालले बताए।
काठमाडौंबाट त्रिशुलीतर्फ जादै गरेको बा १ ज ७५८३ नम्बरको माईक्रोबस दुर्घटनामा परेको हो। माइक्रोबस सडकबाट ५ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोली, नेपाली सेना र स्थानीय घटनास्थलमा उद्धारमा खटिएका छन्। प्रहरी नायव उपरिक्षक सिद्धिबिक्रम शाहका अनुसार उद्धार कार्य जारी छ।

Leave a Reply

Your email address will not be published.