लहानमा तीन दिने प्रशिक्षण भेला सुरु, कृष्ण भट्टचन र शंकर लिम्बले प्रशिक्षण दिने

Tha Ka Sa Lahan

थारु कल्याणकारिणी सभाको तीन दिने केन्द्रीय प्रशिक्षण भेला आजदेखि लहानमा सुरु भएको छ। देश र विदेश गरी करिब एक हजार प्रतिनिधि सहभागी भएको प्रशिक्षण भेला लहानको अतिथि सदनमा सुरु भएको हो। कार्यक्रमको उद्‍घाटन सभाकै संरक्षक अमृत खाँले गरेका हुन्।

सभाका केन्द्रीय प्रशिक्षण विभागका प्रमुख राजकुमार लेखीका अनुसार आज प्रध्यापक डा. कृष्ण भट्टचन र अधिवक्ता शंकर लिम्बले प्रतिनिधिहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ।

प्रध्यापक भट्टचनले राष्ट्रिय तथा अन्तर्राष्ट्रयरुपमा भएका अधिकारमुखी आन्दोलनबारे प्रशिक्षण दिनेछन्। उनले देशमा जारी आदिवासी थारु, मधेसी, मुस्लिम, दलितलगायतका आन्दोलनबारे ब्रिफिङ गर्नेछन्। यस्ता आन्दोलनहरु किन र कसरी सुरु भएको र कस्तो स्थितिमा टुंगिएकोबारे पनि भट्टचनले ब्रिफिङ गर्ने कार्यक्रम रहेको लेखीले बताए।

त्यस्तै मानवअधिकारवादी तथा अधिवक्ता शंकर लिम्बुले हालै जारी भएको नेपालको संविधान २०७२ बारे प्रकाश पार्नेछन्। उनले नयाँ संविधानले आदिवासी थारु मधेसीलगायतका सीमान्तिकृत वर्गलाई के कस्तो अधिकार सुनिश्चित गरेको र के के कुरा वञ्चित गरेकोबारे प्रष्ट पार्नेछन्।

त्यस्तै वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, राजनीतिक विश्लेषक सीके लाल, वरिष्ठ पत्रकार सीताराम अग्रहरी, पूर्व राजदूत विजयकान्त कर्ण र अधिकारकारकर्मी ज्योति दनुवारले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको लेखीले बताए।

यस्तो छ तीन दिने तालिका

Tha Ka Sa Release

Leave a Reply

Your email address will not be published.