माघीको छुट्टै मूल आयोजक समिति गठन, भृकुटिमण्डपमा माघी महोत्सव मनाइने

Maghi-at-Tudikhel-2

थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको नेतृत्वमा हुँदै आएको माघी महोत्सवमा चर्को मतभेद भएपछि विभिन्न संघसंस्थासँग आबद्ध थारु युवाहरुले छुट्टै माघी मूल आयोजक समिति गठन गरेको छ। आइतबार राजधानीमा बसेको बैठकले थारु विद्यार्थी समाजका महासचिव चन्द्र प्रसाद चौधरीको केन्द्रीय संयोजकत्वमा मूल आयोजक समति गठन गरेको हो। समितिले माघ १ गते राजधानीको भृकुटिमण्डपमा माघी महोत्सव मनाउने तयारी गरेको हो।

थाकस उपत्यका समितिका सभापति सत्यनारायण चौधरी ‘सुमन’ले युवाहरुलाई माघी महोत्सव छुट्टै मनाएर देखाउन चुनौति दिएपछि भृकुटिमण्डपमा महोत्सव मनाउने तयारी गरेको संयोजक चौधरीले बताए। उनले युवाहरु आफै‌ पनि महोत्सव गर्नसक्ने भएकाले छुट्टै महोत्सवको आयोजना गर्न लागेको बताए। समितिमा दर्जनभन्दा बढी थारु स‌ंघसंस्था आबद्ध छन्।

महोत्सव सफल पार्न विभिन्न उपसमितिहरु पनि बनाइएको छ। उपसमितिमा नन्दु चौधरी, सीताराम चौधरी, दीपक चौधरी, सन्जय चौधरी, विमल चौधरीलगायत छन्। महोत्सवलाई सफल पार्न सबै पक्षसँग समितिले सहयोगको अपिल गरेको छ।

माघी महोत्सवमा हुँदै आर्थिक हिनामिना रोक्न युवाहरु सक्रियरुपमा अगाडि आएपछि चर्को दबाब खेप्न परेको उनीहरुले बताएका छन्। थाकसबाट बनाइएको मूल आयोजक समितिका संयोजक सुमनले पटक पटक टेलिफोन गरेर जिम्मेवारीबाट हट्न दबाब दिनएको चन्द्र प्रसाद चौधरीले बताए। ‘महोत्सवमा युवाहरुको भूमिका पनि देखियोस् भनेर हामीले जिम्मेवारी बाँडेका थियौं। त्यतिमात्र होइन, हरेक पटक उठ्दै आएको आर्थिक पारदर्शितालाई मध्यनजर गर्दै युवाहरु अगाडि सरेका हुन्। तर थाकस संयोजकज्युले टेलिफोनमार्फत् पछि हट्न पटक पटक दबाब दिनुभयो,’ विद्यार्थी नेता चौधरीले बताए।

Maghi press

यो पनि पढ्नुस्:

माघीको तयारी बैठकमा झन्डै कुटाकुट [भिडियोसहित]

 

Leave a Reply

Your email address will not be published.