लोडसेडिङ फेरि बढ्यो, अब दिनको १५ घण्टासम्म बत्ति जाने

नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने भाषण गरेर हिँडिरहँदा विद्युत प्राधिकरणले भने फेरि लोडसेडिङ हो । नेपाल विद्युत प्राधिकरणले भोलि सोमबारदेखि लोडसेडिङ थप हप्ताको ९ घण्टा बढाउने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । र अब दिनमा १५ घण्टासम्म वत्ति आउने छैन ।

यसअघि सातामा ७७ घण्टा रहेको लोडसेडिङ बढाएर ८६ घण्टा पुर्‍याइएको छ । नयाँ तालिका अनुसार अब साताको ३ दिन १३ घण्टा, एकदिन १५, एकदिन १४, एक दिन १० र एक दिन ८ घण्टा बत्ति आउने छैन । भोलिदेनि नयाँ लेडसेडिङ तालिका लागू हुनेछ । नदीमा पानीको बाहाब न्युन रहेको र औद्योगिक क्षेत्रमा पनि बिजुली खपत बढेका कारण प्राधिकरणले लोडसेडिङ बढाएको हो ।

news-lodsedding-sechdule

Leave a Reply

Your email address will not be published.