कैलालीमा भादा गाउँ होम स्टे महोत्सव

vada-3

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कैलाली जिल्लाको साविक उर्मा गाविस, भादा गाउँमा शुक्रबारदेखि ‘भादा होम स्टे महोत्सव’ सुरु भएको छ। यही पुस २१ गतेसम्म सञ्चालन हुने महोत्सव सञ्चालनका लागि भादा गाउँलाई झकिझकाउ पारिएको छ। थारु परम्परामा निर्माण भएका घरमा महोत्सव अवलोकन गर्न आउने पाहुनाको बसोबासको व्यवस्था गरिएको छ।

आयोजक थारु होम स्टे गाउँ, भाद पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले पाहुनाका लागि घर घरमा पकाइएको अन्डिक भात, ढिक्री, खेरिया, पनझझरा, अन्डिक रोटी, गेंगटा, घोंघी, मुसुवक सिकार, बयरेक चटनी, सुरिक सिकारलगायत थारु खानाका परिकार महोत्सवको आकर्षण रहने बताए। यसबाहेक लहरु (सानो आकारको बयलगाडा) मा भ्रमण र स्थानीय तालमा डुङ्गामा सयर गर्न सकिने व्यवस्था समेत मिलाइएको छ।

धनगढीदेखि झन्डै १७ किमी उत्तरपूर्वी क्षेत्रमा हाल धनगढी उपमहानगरपालिका-१६ मा पर्ने भादा गाउँमा आयोजना गरिएको घरबास महोत्सववाट यस क्षेत्रमा बसोबास गर्ने थारु समुदायको खानपिन, वेशभूषा, रहनसहन, कलासंस्कृतिका साथै प्राकृतिक दृष्यको अवलोकन गरी स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास लिइएको छ। भादा गाउँमा १९६ घरधुरी थारु समुदायका छन्। रासस

Leave a Reply

Your email address will not be published.