थारु युवा स्वंयसेवक गठनका लागि दाङमा बृहत् भेला हुने

dang

थारु युवा स्वंयमसेवकको दाङ भेलाले नारायणपुरमा सम्पन्न भएको छ। लामो समयदेखि भइरहेको थरुहट/थारुवान आन्दोलाई पूर्णता तथा सशक्त बनाउने, केन्द्रीय स्तरमा रहेका नेताहरुलाई खबरदारी गर्ने, आन्दोलनलाई सहयोग गर्ने, गाउँगाउँमा थारु युवाहरुलाई सचेतीकरण गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो।

थारु युवा दस्ताका केन्द्रीय अध्यक्ष महावीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले देशमा संविधान निर्माण भइसकेपछि पनि थारुहरुलाई विखण्डणकारी भनेर हक अधिकारवाट वञ्चित गर्न लागेको आरोप लगाएका थिए। ७ प्रदेशको खाकाअर्न्तगत सबै प्रदेशमा थारुहरुको जनसंख्यालाई कम राखेर अलग्याउन खोजेको भन्दै चितवनदेखि कञ्चनपुरसम्मको जिल्लालाई थरुहट/थारुवान प्रदेश बनाउनुपर्ने उनीहरुले जोड थियो।

‘अझै पनि कैलालीका थारुहरुले थुप्रै यातना भोगरहेका छन्, राज्यले थारुहरुलाई सद्‍भाव बिगारेको आरोप लगाइरहेको छ, यो विषयमा सबै जना गम्भिर हुनुपर्छ,’ केन्द्रीय संयोजक महावीर चौधरीले भने, ‘जबसम्म हाम्रो माग पूरा हुँदैन हामी निरन्तर आन्दोलनमा गरिरहनेछौं।’

भेलाले थारु युवा स्वंयमसेवक गठनका लागि तयारी समिति गठन गरेको छ। भेलाले मानवीर चौधरीको संयोजकत्वमा तयारी समिति गठन गरेको छ। सदस्यहरुमा रोसु चौधरी, मंगल चौधरी, राजेश चौधरी, अधिकार चौधरी, चन्द्रप्रसाद चौधरी, चन्द्रकला चौधरी, उर्मिला चौधरी छन्।

थारु युवा दस्ताले यही पुस १५ गते बृहत भेला गर्ने निर्णय गरेको छ। साथै उपस्थितिका लागि सबै थारु युवाहरुलाई अनुरोध गरेको छ। राजेश चौधरीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रममा थारु युवा स्वंयम सेवकका केन्द्रीय सदस्य इन्दु चौधरी, थारु अगुवा चन्द्रप्रसाद चौधरी, थरुहट तराई पार्टी नेपालका धनिरामचौधरी, थारु अगुवा जग्गुप्रसाद चौधरी, बाबुराम चौधरी, सन्तोष चौधरी, पृथ्वी चौधरी, टिकाराम चौधरीलगायतले बोलेका थिए।

Leave a Reply

Your email address will not be published.