८ बुँदे कार्यन्यवको माग गर्दै गच्छदार पार्टीका शीर्ष नेता बालुवाटारमा

Gachhdarप्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले ज्ञापन पत्र बुझाएका छन्। सरकार गठनका बेला पार्टीसँग भएको ८ बुँदे सहमति कार्यन्वयन नगरेको भन्दै गच्छदारले मंगलबार बिहान बालुवाटारमा ज्ञापन बुझाएका हुन्।

राजनीतिक सहमति र मन्त्रिपरिषद् निर्णयबाट गर्न सकिने विषयहरु तत्काल सम्बोधन गर्नुपर्ने गच्छदारले बुझाएको पत्रमा उल्लेख छ।

ज्ञापनमा तराई मधेस थरुहट आन्दोलनमा मारिएकालाई शहिद घोषणा गर्नुपर्ने, झुटा मुद्दा चलाइएकालाई रिहाइ गर्न पर्ने, घरबार जलाइएका र सम्पत्ति लुटिएकाहरुको उचित क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ।

गच्छदारले संविधानलाई पूर्ण समावेशी, समानुपातिक, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, सीमांकनलगायतका विषयमा सरकारले तत्काल पहलकदमी लिनुपर्ने प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको आठ बुँदे मागप्रति सरकार सकारात्मक रहेको बताएका छन्। उनले संविधानअनुसार तपाईँहरुका जायज माग पूरा गर्ने प्रतिबद्धता जनाए।

टोलीमा गच्छदारसहित वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, गोविन्द चौधरी, जितेन्द्र देव, आशा चतुर्वेदी र रविन्द्र ठाकुर सहभागी थिए।

Leave a Reply

Your email address will not be published.