थरुहट कार्यकर्ताद्वारा चीतवनमा बस तोडफोड

busचितवनदेखि कञ्चनपुरसम्म थारु प्रदेशको माग गर्दै शनिबारदेखि आन्दोलनमा उत्रिएका थरुहट थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले सोमबार राति एउटा बस तोडफोड गरेका छन् ।

कञ्चनपुर सदरमुकाम भीमदत्तनगरबाट बेलौरीतर्फ जाँदै गरेको पवनदूत यातायातको म१ख ४१७ यात्रु बोकेको बसमाथि रामपुर जङ्गलमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय ,कञ्चनपुरले जनाएको छ । जिप्रकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले भने, ‘एउटा बसमाथि तोडफोड गरेको छ ।’

कञ्चनपुरमा थारुवानको बन्दको प्रभाव न्यून रहेका बेला सोमबार एक्कासि उनीहरु तोडफोडमा उत्रिएका हुन् ।

‘तोडफोडका क्रममा बसमा रहेका यात्रुलाई कुनै चोटपटक लागेको छैन,’ प्रवक्ता खनालले भने, ‘बसका सीसा फुटेका छन् ।’ धारिलो हतियार, लाठी र पेट्रोलसहित आएका १०–१५ जनाको थारुवान थरुहटका कार्यकर्ता बसमा तोडफोड गरी फरार भएका छन् । क्षतिग्रस्त बसलाई इलाका प्रहरी कार्यालय, बेलौरीको निगरानीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.