सप्तरीमा थारु आन्दोलनकारीमाथि प्रहरीले लाठी बर्सायो, चार जनाको हात-खुट्टा भाँच्चियो

saptari protest 02

सप्तरीको कदमाहामा स्कर्टिङ रोक्न भेला भएका थारु आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीको लाठीबाट चार जना थारु आन्दोलनकारी घाइते भएका छन्। घाइते हुनेमा शम्भुनाथ-४ का विनोद चौधरी, हरिपुर-८ का प्रतापचन्द्र चौधरी, हरिपुर-९ का रेशमलाल चौधरी र हर्दिया-३ का किर्तिनन्द चौधरी छन्।

saptari protest 01

प्रहरीको कुटाइबाट उनीहरुको हात-खुट्टाको अड्डी भाँच्चिएको थरुहट थारुवान संयुक्त संघर्ष समिति सप्तरीका प्रवक्ता रामाकन्त चौधरीले जानकारी दिए। सबैको उपचार सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ।

saptari protest 03

थारुले दोस्रोचरणको आन्दोलनसँगै राजमार्गकेन्द्रीत आन्दोलन सुरु गरेको छ। जसअन्तर्गत शनिबारदेखि राजमार्गमा धर्ना बसेका थिए। उनीहरुले खाना पनि राजमार्गमै खाएका थिए।

शनिबार राति र आइतबारको धरपकडमा सप्तरीमा तीन आन्दोलनकारीको ज्यान गएको थियो।

saptari protest 04

saptari protest 05

Leave a Reply

Your email address will not be published.