ओलीद्वारा आठ सदस्यीय मन्त्रिपरिषद् गठन, गच्छदार उपप्रधानमन्त्री

kp oli

मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएको एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. रामबरण यादवले ओलीलाई प्रधानमन्त्रीको शपथ दिलाएका हुन्।

प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति यादवले उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार र कमल थापालाई पनि शपथ ग्रहण गराएका छन्। राष्ट्रपतिले मन्त्रीहरुमा अग्नी खरेल, सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल र हरिबोल गजुरेल र रामकुमार सुब्बालाई मन्त्री पदको शपद दिलाएका छन्।

खरेल, पाण्डे र मण्डल एमालेकोटामा मन्त्री बनेका हुन भने गजुरेल र राई क्रमशः एमाओवादी र राप्रपा नेपालको कोटामा मन्त्री बनेका हुन्। उनै पनि मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन।

Leave a Reply

Your email address will not be published.