रहेनन् पूर्वमन्त्री रामचरण चौधरी

Ramcharan Chaudhary

पूर्वमन्त्री तथा बर्दिया क्षेत्र नम्बर ४ का पूर्व सभासद रामचरण चौधरी आरसीको निधन भएको छ। लामो समय देखि आन्द्रमा घाउ भई आमासयमा क्यान्सर भएका चौधरीको ५८ वर्षको उमेरमा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा निधन भएको हो।

चौधरी २०६४ सालको पहिलो संविधानसभा चुनावमा बर्दिया क्षेत्र नम्बर ४ बाट नेकपा माओवादीबाट झण्डै २४ हजार मत प्राप्त गरी विजयी भएका थिए। उनी २०६५ सालमा २३ दिन महिला तथा बालबालिका समाज कल्याण मन्त्री भएका थिए। त्यस्तै उनले २०६८ सालमा भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका थिए।

उनीप्रति श्रदाञ्जली अर्पण गर्न एनेकपा माओवादी पार्टीका महासचिव कृष्णबहादुर महरा बर्दिया आएका थिए। उनको पूर्व मन्त्रीले पाउने सम्मानसहित शनिबार अत्येष्टि गरिएको छ।

Leave a Reply

Your email address will not be published.