दशगजामा धर्ना बसेका थरुहट नेता खड्ग चौधरीसहित तीन जना पक्राउ

02प्रहरीले कैलालीको नेपाल–भारत सीमानाकाको दशगजा क्षेत्रमा धर्नामा बसेका थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडक चौधरीसहित तीन जना पक्राउ परेका छन् ।

शुक्रबार धनगढीस्थित कैलालीको त्रिनगर भन्सार नाकाको दशगजा क्षेत्रमा धर्नामा बसेका धनगढी निवासी थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खड्क चौधरी, पहलमानपुर गाविस कोटाका शिव चौधरी र धनगढीका फुुलराज डगौंरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भारतबाट आयात हुने मालबाहक गाडीलाई रोक लगाइनु पर्ने मागसहित दशगजा क्षेत्रमा धर्नामा बसेका तीनै जनालाई पक्राउ गरेको कैलालीका प्रहरी प्रबक्ता डिएसपी विश्वराज खड्काले बताए ।

भारतको अघोषित नाकाबन्दीका कारण धनगढस्थित त्रिनगर भन्सार नाकाबाट फाटफुटरुपमा भारतबाट मालबाहक गाडी आउने गरेका थिए । तर कुनैपनि मालबाहक गाडीलाई नेपाल प्रवेशमा पूर्णरुपमा रोक लगाइनुपर्ने भन्दै उनीहरु दशगजा क्षेत्रमा धर्नामा बसेका थिए ।

धर्नामा बसेका तीनै जनालाई आवश्यक कारवाहीको प्रक्रिया अघि बढाइएको प्रबक्ता खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.