माग सम्बोधन नभए प्रादेशिक संविधान ल्याउने थारु नेताको चेतावनी

Tharu protest in kailali 03

थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले आफुहरुको माग सम्बोधन नभए प्रादेशिक संविधान बनाउने चेतावनी दिएका छन्। संघर्ष समिति चौमालाले शुक्रबार चौमाला बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थारुले आफुहरुको आन्दोलनलाई वेवास्ता गरिए प्रादेशिक सिमांकन आफै गरी प्रादेशिक संविधान पनि जारी गर्ने चेतावनी दिएका हुन्।

लामो समयदेखि जारी शान्तिपूर्ण आन्दोलनको मर्म आजसम्म तीन दलका नेताहरुले वेवास्ता गरिरहेको भन्दै उनले अझै पनि वेवास्ता भयो भने राज्य पक्षलाई ठुलो मूल्य चुकाउनु पर्ने तर्क दिएका छन्। तर सरकारबाट वार्ताको तयारी भएको एकदमै स्वागत योग्य रहेको र दलहरुले लचकता देखाउनु पर्ने पनि नेता थारुको भनाई थियो।

Tharu protest in kailali 01

त्यसैगरी संघर्ष समिति कैलाली संयोजक तथा संघीय समाजवादी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य होरीलाल चौधरीले कैलाली प्रशासनले थारु आन्दोलनकारीहरुलाई सदैव विभेदकारी दृष्टि हेर्दै आएको आरोप लगाउनु भएको छ। उहाँले धनगढीमा निशेषज्ञा तोडेर भारत विरोधी गतिविधि गराउनेलाई प्रहरी प्रशासन केहि पनि गर्न नसकेको तर दशगजा क्षेत्रमा शान्तिपूर्ण तरिकाले धर्नामा बसेका थरुहट कार्यकताहरुलाई लाठी चार्ज गरेर आफ्नाे हेपाहा व्यवहार देखाएकोे बताएका छन । धर्नामा बसेको थरुहटका कोषाध्यक्ष खडक चौधरी सहित तीन जनालाई पक्राउ गरेर चरम यातना समेत प्रहरीले दिएको ठोकुवा गर्दै उहाँले अखण्ड पक्षधर संग मिलेर यातना दिएको समेत खुलासा गर्नुभयो । आफुहरुको आन्दोलन सबै उत्पीडित वर्गहरुको रहेको दोहोरेयाउदै उहाँले आफुहरुको माग माग स्थापित गराएरै छाड्ने दावी समेत गर्नुभयो ।

Tharu protest in kailali 02

त्यस्तै थरुहट नेता तथा पूर्व सभासद कृष्ण कुमार चौधरी थारुहरुको माग सम्बोधन भएको देख्ने कतिपय थारु नेताहरुलाई रतन्धो रोगीको संज्ञा दिनुभयो । उहाँले एमाले नेतृ शान्ता चौधरीलगायत नेताहरुलाई लक्षित गर्दै थारुको खोल ओढेर एमाले अध्यक्ष केपी ओलीको नारा लगउँदै आएको तथा ओलीकै कमैया/कमलहरी बसेको आरोप समेत लगाउँनु भयो ।

संघर्ष समिति चौमाला संयोजक खुसीराम चौधरीको अध्यक्षतामा भएको भएको विरोध सभामा मुक्त कमेया प्रतिनिधि कुमार सानु चौधरी, नेपाली काँग्रेसका चुनीलाल चौधरी, संघीय समाजवादी फोरमकी सुशिला चौधरी, कठरिया समाजका सुरज कठरिया, एमाओवादी मसुरिया उपाध्यक्ष सुरेन्द्र कडायत, नेपाली काँग्रेस हसुलियाका अध्यक्ष कृष्ण चौधरी, संघर्ष समिति कैलाली क्षेत्र न–२ का सदस्य प्रेम चौधरी, नेकपा–मओवादी खुसीराम चौधरी, नेपाल मगर संघ दलबहादुर घर्तीमगर, थारु नेतृ इन्दु चौधरी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष गयाप्रसाद कुश्मी, विवेक चौधरी, नेपाली काँग्रेसका रामचरण चौधरी, आदिवासी जनजाति समन्वय समिति कैलाली अध्यक्ष तेजतरामी मगरलगायतले पनि मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

-थारुनकेबाट साभार

Leave a Reply

Your email address will not be published.