चन्द्रपुरमा झडप, एक प्रहरी र १२ प्रदर्शनकारी घाइते

Chapur protest 02

रौतहटको चन्द्रपुर नगरपालिकामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा थारु अान्दाेलनका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक प्रहरी र १२ प्रदर्शनकारी घाइते भएका छन्।

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गर्न दक्षिणतर्फ बाट चन्द्रपुर नगरपालिका चोकमा आउँदै गरेका करिब २ हजारको संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले रोकेपछि झडप भएको थियो ।

Chapur protest 01

लाेकमार्ग भन्दा करिब आधाकिलोमिटर दक्षिण चन्द्रपुर–गौर मार्गमा रहेको जनज्याति उच्च मावि नजिकै भएको झडपमा प्रदर्शनकारीको ढुंगा लागी एक प्रहरी जवान घाइते भएका छन् । प्रहरीले चलाएको लाडीबाट १२ जना प्रदर्शनकारी घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।

Chpur protestप्रदर्शनकारीलाई रोक्न प्रहरीले एक दर्जन रबरको गोली र दुई दर्जन अश्रुग्यास सेल प्रहार गरेको प्रहरी कार्यालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published.