एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी दलका चारमध्ये तीन माग पूरा भएको बताए । ‘निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्याको आधार बनाइँदैन कि भन्ने थियो,’ उनले भने, ‘त्यो पनि आजको बक्तव्यमा लेखिएको छ ।’
दाहालले सबै माग पूरा भएपछि पनि आन्दोलन गरिरहनु आवश्यक नभएको बताए । ‘यसमा केही कुरा छन् भने आउनुस् वार्ता गरौं भनेर भन्दा भन्दै अब आन्दोलन गर्नु जरुरी छैन,’ उनले पुन: वार्तामा जोड दिंदै भने, ‘थारु समुदायले पनि अब आन्दोलन गर्नु आवश्यक छैन ।’
दाहालले इतिहासमा पहिलोपटक उत्पीडित वर्ग समुदायका लागि संवैधानिक आयोगहरु बनाउने व्यवस्था गरिएको उल्लेख गर्दै यसलाई केही पनि होइन नभन्न आग्रह गरे । उनले सिमांकन मिलाउँदै जाने प्रतिबद्धता जनाए । ‘सीमांकन विश्वमा कहिं पनि एकैपटक टुंगिएको छैन । सवाल संघीयता संस्थागत भयो कि भएन भन्ने हो । संघीयता संस्थागत भएको छ, यसमा चित्त दुखाउनु पर्दैन,’ उनको भनाइ थियो, ‘भारतमा प्रदेश बढे, दक्षिण अफ्रिकामा घटे । यसैले यसैलाई लिएर संविधानकै विरोध गर्नु, प्रक्रियामै सहभागी नहुनु राम्रो हुँदैन ।’
दाहालले संविधान निर्माणपछि आफू सिरहा जाने जानकारी दिए ।
Puspa kamal dahal you remember if there are some mistake you will be finished to your politics.you leave your politics