संविधानसभाको प्रक्रिया दुई दिनका लागि स्थगित

CA-4

प्रमुख तीन दल आन्दोलनकारीको माग अनुसार संविधानसभाको प्रक्रिया स्थगित गरेका छन् । साथै वार्तामा आउन आन्दोलनरत मधेसी मोर्चा र थारु लगायतलाई पुनः आहृवान समेत गरेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले संविधानसभाको प्रक्रिया आइतबारसम्म स्थगित गर्ने निर्णय गरेको हो । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताका लागि संविधानसभाको प्रक्रिया रोक्नु पर्ने पूर्व सर्त राखेको थियो ।
यसअघि शुक्रबार नै संविधानसभामा मस्यौदा समितिका सभापतिले जवाफ दिएपछि मतदान प्रक्रिया सुरु गर्ने कार्यसूची थियो । तर, तीन दलबीच भएको सहमति संविधानसभाको प्रक्रिया दुई दिनका लागि स्थगित भएको छ ।
तीन दलको बैठकले आन्दोलनरत पक्षलाई वार्तामा आउन आहृवान गरेका छन् ।

Leave a Reply

Your email address will not be published.