जीपको ठक्करबाट प्रहरी जवान जितराम चौधरीको मृत्यु

देउखुरीमा जीपको ठक्करबाट ड्यूटीमा खटिएका एक प्रहरी जवानको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। भालुवाङबाट लमही आउँदै गरेको बा १० च ५२३१ नम्वरको टाटा सुमो जीपले बिहीबार राती ठक्कर दिँदा दाङ डुरुवा गाविस वडा नं. ९ निवासी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत २७ वर्षीय प्रहरी जवान जितराम चौधरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

ठक्करबाट राजपुर गाविस वडा नं. ५ निवासी २८ वर्षीय अर्का प्रहरी जवान चन्द्र भण्डारी गम्भीर घाइते छन्। भण्डारीलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको छ। राती करिव १२ बजे लमही नगरपालीका वडा नं. १ नर्तिमा सुरक्षाकालागी राजमार्गमा खटीएका प्रहरीले मोटरसाईकलमा सवार ब्यक्तिहरुलाई सोध पुछ गर्ने क्रममा पूर्वबाट तीव्र गतिमा आएको कारले ठक्कर दिएको थियो।

प्रहरी जवानलाई ठक्कर दिने टाटा सुमो जिपका चालक सतवरीया–३ कप्तानगञ्ज निवासी २३ वर्षिय वीरेन्द्र चौधरी लाई प्रहरीले पक्रेको छ ।

खोसतलासको क्रममा लमही नगरपालीका वडा नंं १० देउपुर आफन्तको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले शुक्रवार विहान पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमण बहादुर शाहीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.