बर्दघाटमा थारु आन्दोलनकारी र प्रहरीबीच झडप

नवलपरासीको बर्दघाटमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ । थरुहट-थारुवान तथा आदिवासी जनजाति संयुक्त संघर्ष समितिको विरोध सभामा सहभागीहरुले ढुंगा प्रहार गरी गुडिरहेको लु १ ख ८७२० नम्बरको मिनीमाइक्रो बसको सिसा फुटाइदिएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसपछि स्थिति तनावग्रस्त भएको थियो ।

police
आन्दोलनकारीहरुले पहिचान सहितको संघियता लागु गर्नुपर्ने, धर्म निरपेक्षता कायम हुनुपर्ने, आदिवासी जनजातिहरुसँग सरकारले गरेका सम्झौता लागु गर्नुपर्ने लगायतका माग राख्दै चिसापानी चोकमा कोणसभा गरेका थिए ।
कोणसभालाई थरुहट-थारुवान तथा आदिवासी जनजाति संयुक्त संघर्ष समिति बर्दघाटका संयोजक सूर्यमान चौधरी, नेपाल मगर संघ बर्दघाटका यमबहादुर गुरुङ, श्यामसुन्दर चौधरी, विजुला श्रेष्ठ लगायतले सम्वोधन गरेका थिए ।
कोणसभा अघि त्रिवेणी चोकबाट र्‍याली निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published.