असन्तुष्टि र बन्धनको बीचमा कृष्ण जन्माष्टमी

Astimki dhangadhi 05

कर्फ्युका कारण थारु गाउँमा कृष्ण जन्म अष्टमी नराम्ररी प्रभावित भयो। द्वापर युगमा जन्मेका भगवान श्री कृष्णको जन्मदिनको अवसरमा थारु गाउँमा धुमधामका साथ हरेक वर्ष मनाइने कृष्ण जन्म अष्टमीमा यो वर्ष कुनै पनि रौनक देखिएन।

Astimki dhangadhi 04

धनगढी नगरपालिका-५ जाइमा थारु थनवामा आयोजना गरिएको पूजामा मानिसहरुको उल्लेख्य सहभागिता भए पनि खासै रौनक देखिएन। भलमन्सा अनम चौधरी करिब २० वर्षपछि गत वर्षदेखि जाइमा फेरि सामूहिक अष्टिम्की पूजाको सुरुवात भएको र यो वर्ष पनि उल्लेख्य सहभागिता भएको बताउँदै उनले ‘थारुहरु अधिकार नपाएको अवस्था र कर्फ्यूका कारण सोचेजस्तो राम्रो हुन नसकेको’ बताउँछन्।

Astimki dhangadhi 03

त्यसैगरी थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी भन्छन्- ‘थारु आन्दोलन, प्रहरीको ज्यान जानु, थारुहरुको घर कर्फ्यूमा जल्नु, धेरै मानिसहरु दुःख पाउनु आदि कारणले भएको निराशाले भव्य रुपमा मनाइने भनिएको अष्टिम्की पर्व सोचेजस्तो नभएको, चेलीबेटीहरुमा रौनक नदेखिएको, नाचगान भव्यरुपले गरिने योजना भए पनि नगरिएको’ बताउँछन्।

Astimki dhangadhi 01

थारुहरु यो अष्टिम्कीमा बिशेषतः श्रीकृष्ण, पाँच पाण्डव, सूर्य, शंकर, रावण, राधाको पूजा र प्रकृति, जीवजगतको आदिको पूजा गर्छन्। दिनभरि ब्रतबसी साँझ फलफूलको सेवन गर्छन्। उनीहरु श्रीकृष्णको जस्तै दिब्य गुण, कलामा निपुण हुन, हरेक समस्याबाट पार पाउने कामनाले यो पर्व मनाउने गर्छन्। भगवानलाई निकालिएको अग्राशन चेलीबेटीलाई दान दिने गर्छन्।

Astimki dhangadhi 02

तस्बिर : दिलबहादुर चौधरी

Leave a Reply

Your email address will not be published.