थारु महिलाले घेरे प्रहरी कार्यालय, गृहमन्त्रीको राजीनामा माग

Tharu Woman

बर्दियामा थारु महिलाहरुले शनिबार इलाका प्रहरी कार्यालय मैनापोखर घेराउ गरेका छन् । प्रहरी हवल्दारको मृत्यु भएको घटनाका विषयलाई लिएर पक्राउ परेका युवाको रिहाइको माग गर्दै थारु महिलाले इलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

निर्दोष व्यक्तिलाई पक्राउ गरेको र प्रहरीले गाउँमा गएर ज्यादती गरेको भन्दै थारुवानका महिलाहरुले प्रहरी कार्यालय घेराउ गरेका हुन् । उनीहरुले गृहमन्त्री बामदेव गौतमको राजीनामासमेत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.