बामदेवलाई योगेन्द्र चौधरीको प्रश्न : के आन्दोलनकारी आकाशमा उडिरहेका थिए ?

Yogendra Chaudhary
मधेसी जनअधिकार फोरमका सभासद योगेन्द्र चौधरीले गृह मन्त्री बामदेव गौतमको भनाईमाथि प्रश्न तेर्स्याउँदै सोधे : के आन्दोलनकारी उडिरहेका थिए?गृह मन्त्री गौतमले भदौ १५ गते पर्सामा हवाई फायर हुँदा गोली लागेर घाइते भएका मध्ये ४ जनाको मृत्यु भएको जानकारी आज सदनमा गराएका थिए। उनको भनाईप्रति प्रश्न उठाउँदै चौधरीले सोधे : हवाई फायर त आकाशमा गरिन्छ। त्यो गोली कसरी जनतालाई लाग्यो ?उनले पहाडमा आन्दोलनकारीले उठाएका मुद्दा सम्बोधन गरिए पनि थारु र मधेसीको मागप्रति वेवास्ता गरिएको दावी गरे। ‘गृह मन्त्रीले भन्नुभयो हवाई फायरमा गोली लाग्यो रे,’ उनले भने, ‘के प्रदर्शनकारी आकाशमा उडिरहेका थिए र गोली लाग्यो ?’

-पहिलोपोस्टबाट

Leave a Reply

Your email address will not be published.