लक्ष्मण थारुको रेस्टुरेन्टमा प्रहरीको छापा

Laxman Tharu

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुको रेस्टुरेन्टमा प्रहरीले छापा मारेको छ। राजधानीको बिजुलीबजारमा अवस्थित थारुले सञ्चालन गर्दै आएको ‘थारु भिलेज’मा प्रहरीले साढे ७ बजेतिर छापा मारेको हो। प्रहरीले लक्ष्मण थारुलाई खोज्दै रेस्टुरेन्ट पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार लक्ष्मण थारु नभेटिएपछि सादा पोसाकका प्रहरीहरु फर्किएका थिए।

थारु तराईमा जारी थारु आन्दोलनमा सक्रिय छन्। टीकापुरमा एसएसपीसहित ८ जनाको हत्या भएसँगै प्रहरीले थारु नेताहरुलाई टार्गेट बनाउँदै आएको एक थारु नेताले जानकारी दिए। सोही आशंकामा लक्ष्मण थारुलाई पनि खोजी गरेको हुनसक्ने ती नेताको भनाइ छ।

यसअघि फेसबुकमार्फत् थारुले थारु जनतालाई मार्नुभन्दा टीकापुरमै छु मलाई मारेर देखाऔं भन्दै चेतावनी दिएका थिए।

Leave a Reply

Your email address will not be published.