नयाँ मर्चाको घोषणा गर्दै गच्छदारले तीन दललाई दिए १९ गतेसम्मको अल्टिमेटम

Bijay Gachhadar

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट अगल भएर चार प्रमुख तीन दलसँगै १६ बुँदे सहमतिमा हस्ताक्षर गरेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अन्य दुई मधेसी दललाई समेटेर नयाँ मोर्चा गठन गरेका छन्। 

प्रमुख तीन दलसँग पनि सहकार्य गरिरहेका गच्छदारले तीन दलले प्रस्ताव गरेको सात प्रदेश र सीमाकंनले मुलुकको समस्या समाधान नगर्ने भन्दै १६ बुँदे सहमतिमा उल्लेख भए अनुसारको आठ प्रदेशले मात्र समस्याको समाधान गर्ने भन्दै त्यसैका लागि दबाब दिन नयाँ मोर्चा गठन गरेका हुन्।

कुनै बेला आफ्नै पार्टीमा रहेका र हाल राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष रहेका शरतसिंह भण्डारी र फोरम नेपालबाट अलग भएको फोरम गणतान्त्रिकलाई साथमा लिएर गच्छदारले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका हुन्।

मोर्चाको घोषणा गर्दै गच्छदारले भने, ‘आठ प्रदेश बनाउँ सबै समस्याको समाधान हुन्छ।’ गच्छदारले आफूहरुको माग पूरा गर्न भदौ १९ गतेसम्मको समयसिमा दिएका छन्। ‘१९ गतेसम्म पनि आफ्ना माग पुरा नभए संधिवानसभामा बस्नुको औचित्य समाप्त हुन्छ,’ उनले भने ।

One thought on “नयाँ मर्चाको घोषणा गर्दै गच्छदारले तीन दललाई दिए १९ गतेसम्मको अल्टिमेटम

  1. आठ प्रदेश बनाउँ सबै समस्याको समाधान हुन्छ.

Leave a Reply

Your email address will not be published.