फेसबुकमा जथाभाबी लेखेको भन्दै आङकाजी शेर्पा पक्राउ

aankajiमाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै प्रहरीले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बौद्धबाट पक्राउ गरेर सोधपुछ थालेको हो। स्रोतका अनुसार प्रहरीले शेर्पाको ट्वीटर र फेसबुकमा पोष्ट भएका सामाग्री तथा सन्देशबारे सोधपुछ गरेको छ।

टीकापुर घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा लेखेको विषयमा प्रहरीले चासो देखाएको हो। आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गरेका छन्।

साथै आङकाजीले गृहमन्त्रीसहितका नेताहरुबारे लेखेेका स्टासबारे पनि प्रहरीले अध्ययन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published.