थरुहट तराईको आगोले सिंहदरवार र संविधानसभा पनि जल्ने लेखीको चेतावनी

Rajkumar Lekhi

थारु कल्याणकारीणि सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले तराई मधेसको गाउँबाट उठेको विद्रोहको आगो छिट्टै सिंहदरवार र संविधानसभासम्म पुग्ने बताएका छन्। जारी आन्दोलनको समर्थनमा अन्तरजातीय महासंघले राजविराजमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता लेखीले यस्तो बताएका हुन्।

आन्दोलन कसैको लागि पनि रहरको विषय नरहेको बताउँदै उनले सदियौंदेखि उत्पीपिडित अपहेलित समुदायले आफ्नो अधिकारका लागि थालेको आन्दोलनमा सेना परिचालन गर्ने कार्य अत्यन्तै निन्दनीय रहेको बताए।

कोइराला गौतमको वर्तमान सरकाले तराई मधेसमा दमन गरेर आन्दोलन सिध्याउने दाउमा लागेको बताउँदै लेखीले सरकारको व्यवहार यस्तै रहे चाँडै तराई मधेसको आगोमा सिंहदरवार र संविधानसभा समेत जलेर नष्ट हुने चेतावनी दिए।

मुलुकमा सैनिक शासनको खतरा बढेको बताउँदै उनले सबैलाई सचेत बन्न आग्रह गरे। विगतको जस्तै एकात्मक शासन आफूहरुको चाहना नरहेको बताउँदै उनले जस्तोसुकै अवस्थामा पनि अधिकारको अन्तिम आन्दोलनबाट पछाडि नपर्ने बताए।

आफूहरु वर्ताका निम्ति तयार रहेको उनको भनाइ छ। ‘थुनामा रहेका आन्दोलनकारीको निःशर्त रिहाई, घाइतेहरुको उपचार व्यवस्था गरी सरकार, तीन दल तथा संविधान सभाका प्रतिनिधिको संयुक्त टोली निर्माण गरी आफूहरु सार्थक वार्ता गर्न तयार छौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published.