थारुको आन्दोलन भदौ ३१ सम्म लम्बियो

Tharu Lawmaker 05

थरुहट/थारुवान संयुक्त संघर्ष समितिलले थरुहट तराईमा गर्दै आएको आमहड्ताल भदौ ३१ गतेसम्मलाई लम्बिएको छ। सिंहदरवारमा बसेको बैठकले सरकारले थारुको माग बेवास्ता गरेको भन्दै आमहड्ताल लम्बाउनुपरेको बताएको छ। साउन २७ गतेदेखि आमहड्ताल गर्दै आएको समितिले यसअघि भदौ १६ गतेसम्मलाई आमहड्ताल तोकेको थियो। सरकारले समितिलाई दुईपटक वार्ताको आह्वान गरेपनि राज्यले धरपकट जारी राखेको भन्दै समितिले वार्ता नगर्ने चेतावदी दिँदै आएको छ।

समितिले सात बुँदे मागपत्रसहित सरकारलाई जवाफ पठाएको थियो। समितिले जारी आमहडताललाई निरन्तरता दिन सबै जिल्ललाई निर्देशन दिएको जनाएको छ। पूर्वनिर्धारित कार्यक्रमबमोजित शान्तिपूर्ण आन्दोलनमा होम्मिन सबै थारुहरुसँग अपिलसमेत गरेको छ।

बन्दमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापनसमेत समितले गरेको छ।

Leave a Reply

Your email address will not be published.