प्यारेलाल रानासहितको संसदीय टोली टीकापुरमा

pyarelal rana tharu

व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको एक टोलीले टीकापुर घटनाको स्थलगत अवलोकन गरेको छ। टोलीमा सहभागी सदस्यले भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाको स्थलगत रुपमा अवलोकन गरेको हो।

टीकापुरको पशु हाटबजार चोकमा प्रदर्शनकारीको आक्रमणबाट सात प्रहरी र एक नाबालकसहित आठ जनाको मृत्यु भएको थियो। यस्तै टोलीले मृत्यु भएका बालकको टीकापुरस्थित घरमा गई परिवार र स्थानीयबासीसँग पनि घटनाबारे जानकारी लिएको छ।

उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग भएको छलफलमा सामाजिक सद्भाव कायम राख्ने उपायका बारेमा छलफल भएको टोलीमा सहभागी सभासद् प्यारेलाल रानाले बताए। टोलीले घटनाको अध्ययन गरी प्रतिवेदन व्यवस्थापिका–संसद् समक्ष पेस गर्ने जनाइएको छ।

सभासद् जीवन श्रेष्ठको नेतृत्वको टोलीमा सभासद् रानासहित चन्द्रादेवी जोशी, कमलाकुमारी घिमिरे, ओङ्दी शेर्पा सहभागी छन्।

Leave a Reply

Your email address will not be published.