टीकापुरका थारुलाई धमाधम पक्राउ गर्न थालेपछि महिलाद्वारा वेशक्याम्प घेराउ

Tikapur

भदौ ७ को टीकापुर घटनाको कहाली साम्य नहुँदै फेरि त्यस्तै घटना दोहोरिने स्थिति देखापरेको छ । बरिष्ठ प्रहरीसहित ८ जनाको ज्यान गएको एक हप्तापछि थारु समुदायले आइतबार सद्भाव र्याली निकालेका थिए । तर, आइतबार दिउँसो निकालिएको र्यालीमा सहभागी भएकाको फोटो खिचेर गए त्यस पछि मध्यराती सशस्त्र र जनपथ प्रहरीले केहीलाई उनिहरुको घरमा गएर गिरफ्तार गरेपछि कैलालीको टीकापुर क्षेत्रमा फेरि तनाव बढ्न सक्ने सम्भावना देखिएको हो ।

स्थानीय एक व्यक्तिका अनुसार आइतबार थापापुर गा.वि.स को नवलपुरमा थारुहरुले सद्भाव र्याली निकालेको र दिउँसो प्रहरीले फोटो खिचेर घरबाट गिरफ्तार गरेपछि उनीहरुको रिहाईको माग गर्दै स्थानीय महिलाहरु सशस्त्रको क्याम्प घेराउ गर्न पुगेका हुन । सद्भाव र्याली निकालेको बेला खिचेको फोटोकै अधारमा घरघरमा छापा मारेर बौनिया गा.वि.स ४ सिमरानाका दरबारीलाल चौधरी र थापापुर ५ का सन्तराम चौधरी, किसुनलाल चौधरी, सिलकदाश थारु, थापापुर ६ का जितबहादुर चौधरी, थापापुर ७ नवलपुरका राजेश चौधरी, ब्रिजमोहन चौधरी र राजेश चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । गएराती घरघरमा छापा मारेर स्थानीयलाई जोशीपुर सशस्त्र वेशक्याम्पमा राखिएको थियो । गिरफ्तार पछि उनिहरूलार्इ छानबिनका लागि जिल्ला चलान गरिएकाे छ ।

गाउँलेहरुलाई यसरी बिनाकारण पक्रिएको भन्दै सयौं महिलाहरु रिहाईको लागि आज विहान वेशक्याक्पमा घेरा हालेर बसिरहेका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले महिलाले वेशक्याम्प घेरा हालेको भन्ने बारेमा आफूलाई जानकारी नआएको बताए । सशस्त्र प्रहरी बेसक्याम्प घेरिरहेका महिलाहरुलाई प्रहरीले तपाईका मान्छे भोलीसम्म छोड्छौं भन्दा पनि मानिरहेका थिएनन् । प्रहरीका अधिकृतले आफै आएर समातिएका मानिसहरु भोलीसम्म छोडदिने बताएपछि महिलाहरु फर्किएका हुन भने प्रशासनले अहिले जोशीपुर आसपासको क्षेत्रमा कफ्र्यु लगाएको छ ।

Leave a Reply

Your email address will not be published.