देव गुरुङ भन्छन्- सरकारकै गोली लागेर बालकको मृत्यु भएको हो

Dev Gurungसरकारले अखण्ड सदूरपश्चिम आन्दोलनकारीलाई संरक्षण गरेर थारुहरुलाई दमन गरेको नेकपा-माओवादीका सचिव देव गुरुङले आरोप लगाएका छन् । सरकारले विवेक पुर्‍याउन नसक्दा टीकापुरमा अप्रिय घटना भएको भन्दै उनले आन्दोलनमा यस्तो हुनु स्वाभाविक भएको बताए ।

रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘अखण्ड सुदूरपश्चिम आन्दोलनकारीलाई संरक्षण दिने र थारुहरुको वर्चश्व रहेको टीकापुरमा मात्र कफ्र्यु लगाइएको कारण कैलालीमा घटना घट्यो । बारम्बार कर्फ्यु हटाउनु माग गर्दासमेत नहटाएपछि बाध्य भएर कर्फ्यु तोड्ने क्रममा सो घटना भएको हो ।’

कैलाली आन्दोलनमा नेपाल सरकार र विभिन्न राजनीतिक दलहरुले घुसपैठ भएको भनेर गलत प्रचार गरेको समेत उनले बताए । उनले बालकको मृत्यु सरकार पक्षकै गोली लागेर भएको उनले जिकीर समेत गरे ।

गुरुङले भने, ‘सरकार पक्षसँगमात्र हतियार थियो । बालकको मृत्यु सरकार पक्षकै गोली लागेर भएको हो । अन्य पक्षलाई आरोप लगाउनु गलत हो ।’

उनले थारुहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published.