चितवनमा थारु आन्दोलनकारी र स्थानीयबीच झडप

11940019_10206390487254353_1546893132_oचितवनमा थारु कल्याणकारिणी सभाको बन्द विरुद्ध स्थानीयले प्रतिकार गरेपछि झडप भएको छ । झडपमा प्रहरी निरीक्षण सत्यनारायण थापा घाइते भएका छन् ।

प्रतिकारमा उत्रिएका स्थानीय ब्यवसायीहरुको समूहले पुलचोकमा बन्द गराउन बसेका थारु कल्याणकारिणी सभाका कार्यकर्ताहरुलाई तितर वितर पारी उनीहरुले बोकेको झण्डा खोसेर फालिदिएका थिए । त्यसपछि दुबै पक्षबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । सो क्रममा प्रहरी र बन्दकर्ताबीच केहीबेर ढुंगा हानाहान भएको थियो ।

ढुंगा लागेर वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक सत्यनारायण थापाको दायाा हातको कुहिनामा चोट लागेको छ ।

बन्दकर्ताले अराजक गतिविधि गरी पसल तथा सटरमा भाटा हान्दै हिँड्न थालेपछि प्रतिकारमा उत्रिएको स्थानीय व्यवसायीहरुले बताए । अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

Leave a Reply

Your email address will not be published.