कर्फ्यू लगाएर, सेना परिचालन गरेर वार्ता हुँदैन : लेखी

Tha Ka Sa_Rajkumar Lekhi

सेना परिचालन र कर्फ्यू लगाएर गरिएको वार्ता आह्वानको औचित्य नरहेको थारु कल्याणकारणी सभाका पूर्व महासचिव राजकुमार लेखीले बताएका छन्। वार्ताको माहोल बनाउन पहिला सेना र कर्फ्यू हटाउनुपर्ने लेखीको सर्त छ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सभालाई बिहीबार लहानमा सम्बोधन गर्दै लेखीले भने, ‘बालुवाटारमा हामी चिया विस्कुट खाएर अनुहार देखाउन जान्नौं।’ सरकारले वार्ताको माहोल बिगारेको आरोप लगाउँदै उनले भने, ‘हाम्रो माग सम्बोधनको ग्यारेन्टी नभएसम्म वार्तामा जादैनाैं।’

थारु कल्यणकारी सभा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार लहानमा निकालेको विरोध जुलुस। उनले थपे, ‘हामी सरकारसँग भन्छौं- छिटो सेना ब्यारेक फिर्ता गरेर कर्फयू हटाउ। कर्फ्यू लगाएर दमन जारी रहे जनआक्रोश भड्किएर निस्किने परिणामको जिम्मा सरकारले नै लिनुपर्छ।’

लेखीले आफ्नो मन्तव्यको अधिकांश समय मिडिया र सरकारमाथि आक्रोश पोख्‍न खर्चेका थिए। सभालाई एमाओवादी सभासद मानपुर चौधरी, नेकपा एमालेका नेता सत्यनारायण यादवलगायतले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published.