प्रधानमन्त्रीज्यू, थारु नेपालका जनता होइनन्?

Mahabir Chaudhary

महावीर चौधरी

प्रधानमन्त्रीज्यू, थारुहरु को हुन्? के थारुहरु नेपालका जनता होइनन्? यदि थारुहरु नेपालका जनता हुन् भने थारुलाई राज्यबाटै दमन् शोषन, अन्याय र अत्यचार किन? के सम्पूर्ण नेपाली जनताको सुरक्षाको जिम्मेवारी नेपाल सरकारको होइन?

कैलाली टिकापुरमा भदौ ७ गते थारु प्रदर्शनकारीबाट जुन अप्रिय घटना भयो, त्यो घटनाप्रति हामी सम्पूर्ण थारु दुःखित छौं। तर उक्त घटना हुनुमा राज्यको ब्राह्मणवादी सोचले वर्षौंदेखि थारुमाथि गरेको दमन र शोषनको प्रतिफलको रुपमा लिन सकिन्छ।

घटनालगत्तै सरकारले टीकापुरलाई दंगा क्षेत्र घोषणा गर्यो्। कर्फ्यू लगाइयो। तर कर्फ्यू लगाउँदा पनि थारुका घरहरु तोडफोड भए। आगजनी भए। सञ्चारगृहमाथि आगजनी गरियो। सभासद् जनकराज चौधरी र रेशम चौधरीको घर र एफएममाथि तोडफोड र आगजनी गरियो। कर्फ्यूका बावजुद कसले आगजनी गर्न सक्छ? पक्कै पनि घटनामा प्रहरी प्रशासन वा उनीहरुकै संरक्षणमा अखण्ड पक्षधरले आगजनी गरेको सजिलै बुझ्न सकिन्छ। नत्र भने कर्फ्यूका बावजुद कसले गर्न सक्छ आगजनी? कि कर्फ्यू थारुका लागिमात्र थियो? होइन हुँदो हो त प्रहरी प्रशासनले आगजनीजस्ता क्रियकलाप रोक्न सक्दैनथे? धेरै प्रश्नहरु छन्। प्रहरी प्रशासनले थारुलाई कुन रुपमा हेरिरहेको छ भनेर।

त्यतिमात्र होइन। अहिले मानवअधिकारवादीहरु पनि दुलोमा बसेका छन्। सोझासिधा थारुलाई प्रहरीले जबरस्ती घरबाटै पक्राउ गरिरहेका छन्। यातना दिइरहेका छन्। यस्तो बेला अन्तर्राष्ट्रिय संस्थाहरुको नजर पनि पर्न सकेको छैन। किनकि सबैले थारुलाई दासत्वको नजरबाट हेर्ने शैलीमा परिवर्तन आएको छैन। आजका दिन पनि थारुलाई कमैया र कमलरी सोच्ने ब्राह्मणवादी सोचका कारण टीकापुर घटना घटेको थियो। यस्तै राज्यले यस्तै मानसिकता बोकिरहे यस्तो घटना नदोहोरिएला भन्न सकिन्न।

मङलबार बिहन करिब १० बजे टीकापुरबाट एक मित्रले फोनमार्फत् जानकारी गराएका थिए- कि अखण्ड पक्षधरका एक समूहले थारु बस्तीमा बसेर तोडफोड र आगजनीका क्रियकलाप गर्दैछन् भनेर। मित्रको सम्बाद सुनेर अतालिएको म प्रहरी प्रशासन र आन्दोलनका थारु अगुवाहरुलाई खबर पठाएको थिएँ। सम्भावित घटनाबाट बच्न नेताहरुको दबाबले पनि काम गर्न सक्थ्यो। तर प्रहरी प्रशासनको आडमा थारु नेताहरु पनि नतमस्तक बने। जसको परिणमा थियो- सभासद्लगायत थारुका घरमा तोडफोड र आगजनी। अनि कसरी भन्न सक्छु- राज्यले हामीलाई संरक्षण गर्योय। राज्यले हामीलाई विभेद गरेन। सामान्य मान्छेले पनि राज्यको यो रवैया बुझ्न सक्छन्।

प्रहरी जनताका संरक्षक हुन्। जनतामाथि आतंक मचाउने अधिकार सुरक्षाकर्मीलाई कदापि छैन। अहिले पनि प्रहरीहरु कैलालीका थारु गाउँमा पसेर निर्दोष थारुलाई गिरफतार गर्ने काम जारी राखेका छन्। थारु महिलामाथि जबरजस्ती गरिरहेका छन्। यसलाई शान्तिको मार्ग कदापि भन्न सकिँदैन। यो प्रहरी दमन हो। यसले अन्ततः टीकापुर घटनालाई बिर्सिने नभएर मलजल गर्न प्रेरित गर्नेछ। त्यसैले राज्य प्रशासन टीकापुरका थारुमाथि भइरहेको दमन शोषण रोक्न अपिल गर्न चाहन्छु। साथै मानवअधिकारवादीहरु थारुप्रति भइरहेको दमन शोषणप्रति गम्भीर भइदिन अनुरोध गर्दछु।

5 thoughts on “प्रधानमन्त्रीज्यू, थारु नेपालका जनता होइनन्?

  1. यदि प्रहरी प्रशाशन र त्यसको आडमा ब्राह्मण बादी सोच भएकाहरुले अब फेरी पनि त्यस्तो कार्य गर्ने दुस्साहस गर्न खोज्यो भने यसपछिको हुने दुर्घटनाको जिम्मा सरकार स्वयंले लिनुपर्छ|बर्षौ देखि थारु समुदाय इमान्दारीका साथ देशभक्तिको परिचय दिदै आइरहेको छ | अब घ्यु निकाल्न औला टेढो पर्नुपर्दो रहेछ भन्ने कुरा जानी सकेका छन् |खबरदार !

  2. तोरी लाउरे हरु ! अरु लाइ मार्दा चै राजनीति भयो, आझ तिमि हरु लाई दुइ चार भाटा पर्दा दमन भयो ! थुक्क पढे लेखेको गधा !
    खून को बदला खुन हुछ, माया को बदला माया ! होसियार बस, घुमाई फिराइ त्यो ब्रामण र छेत्री जात लाई जति भन्छौ अनि गरि रहेको छौ नि, त्यसको परिणाम तिमि हरु थारु र मधेसे ले सोचेका छैनौ ! यो दिन न आहोस कि ब्रामण र छेत्री हरु आफ्नो घर बाट निस्किएर तिमि हरु को नरसंघार न गरुन! सुतेको बाघ को जुँगा न चलाउ !
    बार्ता मा आऊ अनि समस्या को समाधान खोज ! लडाइ, आतंककारी सोच त्याग, सबै नेपाली बराबर हो !

  3. Hey Hari! Don’t get over emotional.
    Your big talk about considering yourself as “suteko bagh ko junga na chalau” otherwise there will be slaughter of Tharu. Think hundred times before what you are wishing for. Sooner or later, from north Rai, Gurung, Limbu will seek to slaughter and from South Madeshi and Tharu will enjoy to slaughter you beggar and crook Brahman and Chetri jat. Don’t fool yourself that you can count on your so called police and army. Give Tharu their genuine rights, and if you know or if you don’t know that you crooks are living in Tharu’s ancestral land and if you think that by using force, you can continue depriving them of their rights, there will be bloodbath.
    I am planning on that scheme and I have patient and skills to achieve that, but I will not start right now, because I am preparing for that long war, mark my word.

    Tharu are the most straight forward and friendly people in Nepal, and that’s why they are being taken as gullible people by you Bahun and Chetri crooks.

    So get rid of your arrogant believe and try to live together, after all we want development, not war and henceforth bloodbath.

    And just for your information try to go to the couple of kilometers south and say such there will be bloodbath and see what will happen to you. Did you get my point? As you must be reading all your so called brave police are retreating from those areas.

    And by the way, you so called Bahadur people are almost chased off from almost all of the Terai cities, and it will continue this way until you crooks are driven from Thaur land, does that give you any idea about what is going to happen to you.

    Think again!

    Tharu are the people who have been protecting you from southern invasion working as shield but instead of realizing this, you think that you are the master of their fate.

    Number of Tharu people are dying of hunger in their own ancestral land after you crooks started coming there and exploiting them, but time has changed and we know how to get rid of crooks.

    I know, not all Bahun and Chetri are the same like you, but you know when will real war start, there will be hard to distinguish bad one from the good one.

    Hope you will come to your sense and try to seek solution for the real issue so that everyone will live together side by side and make this artificial created country prosper.

    Long live Tharuwan!

Leave a Reply

Your email address will not be published. Required fields are marked *