टीकापुरमा कर्फ्यू अवज्ञा गर्नेमाथि गोली प्रहार

कैलालीको दुर्गौलीमा सुरक्षाकर्मीको गोली लागेर बिहीबार एक व्यक्ति घाइते भएका छन्। सुरक्षाकर्मीको गोली लागेर सुगरखाल गाविस-१, फल्लेबिसौनीका २० वर्षीय जगतराज देवकोटा घाइते भएका छन्।

गस्तीमा खटिएको सुरक्षाकर्मीले कर्फ्यूको समयमा मोटरसाइकल चलाएका देवकोटालाई रोक्न नमानेपछि गोली चलाएको बताइएको छ। उनको पेट र घुँडामा गोली लागेको छ।

टीकापुर अस्पतालमा उपचार हुन नसकेपछि देवकोटालाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरेको डा. लालसिंह टमट्टाले जानकारी दिएका छन्। उनको अवस्थामा चिन्ताजनक नरहेको डा. टमट्टाले बताए।

Leave a Reply

Your email address will not be published.