निषेधित क्षेत्र तोड्न खोज्दा नवलपरासीमा गोली चल्यो, दुई घाइते

फाइल तस्बिर
फाइल तस्बिर

नवलपरासीमा निषेधित क्षेत्र तोडेर सदरमुकाम परासी बजार छिर्न खोजेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। ५० बर्षीय विहडी धोबी र ४० बर्षीया महिला मुन्नी कलवार गोली लागेर घाइते छन्।अान्दोलनकारीले निषेधित क्षेत्र तोडेर सदरमुकाम अाउन खोजेपछि रोकिएको प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले नागरिकन्युजलाई जानकारी दिए।

उनका अनुसार पहिले चेतावनी दिइएको त्यसपछि अश्रुग्यास र हवाइफायर गरिएको थियो। ‘चेतावनी, अश्रुग्यास र हवाइफायरले नरोकिएपछि गोली चलाउनु परेको हो।’ प्रजिअ मैनालीले टेलिफोनमा भने।

भूमही–भैरहवा वाइपास सडकको महेशपुर चोकमा तनाव भएको हो। घाइतेको भैरहवास्थित मेडिकल कलेजमा उपचार भैरहेको प्रजिअ मैनालीले बताए । नवलपरासी सदरमुकाम परासी र राजमार्गको १४ किलोमिटर क्षेत्र बासा चोक देखि सुनवल चोकसम्म निषेधित क्षेत्र तोकिएको मैनालीले बताए।

Leave a Reply

Your email address will not be published.