थाकस र आम मूल निवासी मुक्तिमोर्चाबीच कार्यगत एकता

Thakasaथारु कल्याणकारिणीसभा र आम मूलनिवासी मुक्तिमोर्चा नेपालबीच आज कार्यगत एकता भएको छ। सभा र मोर्चाका पदाधिकारीको सप्तरीको कदमाहामा सम्पन्न संयुक्त बैठकले कार्यगत एकता गरी जारी अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो।

कार्यगत एकताबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा सभा र मोर्चाका नेताले दुवै सङ्गठनको मुद्दामा एकरुपता भएकाले आन्दोलनलाई सशक्त बनाउन कार्यगत एकता गरेको बताएका छन्।

थारु कल्याणकारिणीसभाका केन्द्रीय सदस्य उचितनारायण चौधरीले तराई मधेसमा तीनवटा प्रदेश बनाइनुपर्ने, संविधानमा धर्म निरपेक्षता कायम राख्नुपर्ने, उत्पीडित समुदायलाई समानुपातिक आरक्षण दिनुपर्नेलगायतका मुद्दामा एकरुपता रहेकाले दुवैबीच कार्यगत एकता भएको बताए।

पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर मिलाएर एकप्रदेश, धनुषादेखि नवलपरासीसम्म अर्को प्रदेश र रुपन्देहीदेखि कैलालीसम्म तेश्रो प्रदेश गरी तराईमा तीन प्रदेश हुनुपर्ने आफूहरुको अडान रहेको उनको भनाइ थियो।

सोही पत्रकार सम्मेलनमा आम मूलनिवासी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष झवरप्रसाद रामले आन्दोलनमा सहकार्य गर्ने अवधारणअनुसार आफूहरुले थारु कल्याणकारिणीसभासँग कार्यगत एकता गरेको उल्लेख गर्दै अधिकार नमिलेसम्म आन्दोलन जारी राख्ने बताए।

कार्यगत एकतासँगै जारी थारु कल्याणकारिणीसभाको आन्दोलनमा आफ्ना सम्पूर्ण शक्ति परिचालन गरिने उनले बताए। रासस

Leave a Reply

Your email address will not be published.