शान्ता चौधरी
टिकापुरमा जे भयो गाउँका अबोध थारुहरुलाई अगाडि सारेर भयो। थारु समुदायलाई दमन गर्न, बदनाम बनाउन, देश जलाउन सुनियोजित रुपमा भयो। थारु समुदायलाई अगाडि सारेर भित्रभित्रै हिँसा गर्ने र प्रतिकार भन्दै थारुको घर जलाउने दुवै काम सभ्य मानिसले गर्न सक्दैन। यो अपराध हो। यो सबैको छानविन होस्।
थारु समुदायले अरुको अधिकार खोस्ने होइन। थारुमा पनि धनी र गरिब छ। धनीको एउटा जात र गरिबको अर्को जात बुझौं। पूरै समुदायलाई दोष नदिउँ। अरुले जस्तै अधिकार माग्न थारु एकजुट हुनुपर्छ, सबै समुदायको साथ लिनुपर्छ। देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं।
थारु नेपालको प्राचिन समुदाय हो। बुद्धको सन्तान भनेर हामी गर्व गर्छौं। यो देश सबै समुदायको हो, मिलेर बस्नुपर्छ भन्ने मान्यता थारुमा छ। धेरैवटा जातिको नेपाल भनेर गर्व गरौं। मिलेर बसौं। थारु कसैका सत्रु होइनन्। जातीय आक्षेप कसैले कसैलाई नलगाउँ। देश हाम्रो साझा हो। जातीय राजनीतिले भलो गर्दैन। म थारु समुदायको हुँ र थारुलाई बदनाम गर्न खोजिँदा दुःख लाग्छ।
अपराधी जुन जातमा पनि हुन्छन्। हिँसा हत्या गर्ने मानिसलाई जातीय आँखाले नहेरौं। कुनै विशेष जातको मानिसले हिसा गर्यो नभनौं। जातिलाई दोष नदिऔं। अपराधीको जात हुँदैन। अहिले साम्प्रदायिक आगो लगाउन खोजिँदैछ। जनतालाई हिँसामा उतार्न खोजिँदैछ। सबै सचेत हुनुपर्छ र सबै खालका आन्दोलन शान्तिपूर्ण गर्न अपिल छ।
10000000000% true
So nice Shanta mam.
ati uttam bichar,ho hmi sabai nepali ho hami sabai sadai milera basnu parchha koi chhaina yaha parai kina mara mar?desh bhaya hami hunchhau ,
Ho tharoo haru lai uchaalne Madhesi haru hun. Tharoo ko bhiDmaa uni haru le Daakaa hatyaaraa haru ghuspaiTh garaae holaa tara bhiDlaai umaalne kaam thaaroo netaa le nai gareko chha. Uslaai ta karwaahi hunai parchha. Haal bhaagera Bhaarat paseko gopya khabar chha.
Your are great leader of our time. Your effort for reconciliation and rapprochement really appreciable.