पक्राउ परेकाहरुलाई चरम यातना

tikapur suspect 03

टीकापुरमा भएको हिंसात्मक घटना घटाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाइएको छ। मंगलबार धनगढीमा सुदूर पश्चिम क्षत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जनालाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भैरहेको जनाएका हुन्। तर उनले नाम भने खुलाउन चाहेनन्।

tikapur suspect 02

‘पक्राउ गरी अनुसन्धान भैरहेको छ,’ डिआइजी खनालले भने, ‘दोषी ठहर भए कर्तव्य ज्यान मुद्दा चलाइनेछ।’ यसैबीच डीआइजी खनाल ४ जनालाई पक्राउ गरेको पुष्टि गरेपनि स्रोतका अनुसार पाँच जनालाई पक्राउ गरिएको छ।
tikapur suspect 01

स्रोतका अनुसार पक्राउ पर्नेहरुमा राजकुमार कठरिया, रामकुमार कठरिया, सुन्दरलाल कठरिया, हरिनारायण चौधरी र दिलबहादुर चौधरी रहेका छन्।
प्रत्यक्षदर्शीहरुका अनुसार पक्राउ गरेलगत्तै प्रहरीले उनीहरुलाई चरम यातना दिएको छ। उनीहरुलाई बन्दुकको कुण्डाले कुटपिट तथा बुटले कुल्चेर यातना दिइएको जनाइएको छ।

तस्बिर : दिलबहादुर छत्याल/नागरिकन्युज

7 thoughts on “पक्राउ परेकाहरुलाई चरम यातना

  1. पत्रकार महोदय यो खबरको अन्तिम हरफमा केहि गल्ति छ जस्तो लाग्यो।किनकि प्रहरिलाइ चाहि त भनेर सम्बोधन गर्ने अनि आन्दोलानकारिलाइ चाइ उहा भनेर सम्बोधन गर्ने। के यहि हो तपैको पत्रकारिता???????

  2. यदी यिनिहरु दोषी हो भने कारवाही हुनु पर्छ । तर निर्दोष रहेछ भने ?????
    सय वटा अपराधी छुटोस तर एउटा निर्दोषलाई कार्बाहि नहोस । त्यसैले राम्रो सँग अनुसंधान होस ।

  3. dij ji 6n bin garnus tara jyl ma lagy ra manasik yetna dinu paunu hunna mero bichar ma kina ki nirdos sabit bhaye bhany ma suni ra chu indiya bata 4 trak manis haru athiye unai madhye huna sak6n ki ali sochy ra karbahi garnu hai sr

  4. Kasle kaslai “ta” bhanne sabda prayog garchha mitra? Hajurlai Raja saab bhane matrai sabai tharu thik hune hun ki kya ho? Bujhai dinus hawas hajur sarkaar……

  5. यातना मानव अधिकार बिरूद्ध छ । हुन त हिटलरले पनि यहुदीहरूलाइ चरम यातना दिएका थिए अाफु सर्वाेत्तम नश्लकाे र यहुदीहरू नीच नश्लकाे भनेर । हिटलर पनि चुनाव जितेरै सत्तामा पुगेका थिए ।

  6. DIG lai marda Jyan Mudda Chalaunu hunxa re puli le janta lai mare ka xan uni haru lai ke mudda chalaunxan yo ek dum na ramro ho janta ko lagi kanun banayera janta lai marne uni haru lai kanun lag daina ya janta ko lagi kanun nai xaina

  7. बिचरा केटाहरु हेर्दै हावा लागेर ढल्छन जस्ता छन् । प्रहरीलाई मार्ने के आँट गर्लान ? मार्ने मान्छे यिनीहरुको शरीर जस्तोले गर्नै सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *