कैलाली र रौतहट दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन हुनसक्ने

सरकारले कैलाली र रौतहट जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणापछि अब नेपाली सेना पनि कारवाहीमा खटिने छ ।

अनलाइनखबरसँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने- संवेदनशील जिल्लाहरुमा  अब सेना पनि सुरक्षा र सर्च अपरेसनमा खटिन सक्छ ।

उनले दंगाग्रस्त क्षेत्रमा शान्ति सुरक्षाको व्यवस्था गर्न गृहप्रशासन कटिवद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published.