आन्दोलनरत थारुले सडकमा मनाए गुरही पर्व (फोटो फिचर)

Tharu Festives Gurahri Celebrate in Dhangadhi 01

कैलाली, कञ्चनपुर सहितको थरुहट स्वायत्त प्रदेश माग्दै आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा कैलालीका थारु समुदायले सडकमा गुरही पर्व मनाएका छन्। थारु जातीको पहिचान देखाउन र आन्दोलनको रुपमा गुरही पर्वलाई सडकमा मनाएको बताइएको छ। नागपञ्चमीका दिन पश्चिमका थारु समुदायले गुरही पर्व मनाउने गर्दछन्। आन्दोलनरत थरुहट पक्षधरले धनगढीको क्याम्पस चौक स्थित मूल सडकमा पर्व मनाएका हुन्।
संवैधानिक रुपमा अधिकार प्राप्त गर्नका लागि यसवर्ष मूल सडकमा गुरही पर्व मनाएको उनीहरुले बताएका छन्। विधि पूर्वक गुरही पर्व मनाउनाले प्राकृतिक तथा द्वैवीय विपत्ति नआउने, रोगव्याधी हट्ने जनविश्वास उक्त समुदायमा रहेको छ।
गुरही पर्वमा महिला, युवति, बालिकाहरुले मकै, केराउ र चनाको भूजा सहित कपडाले बनेको गुरही फाल्ने र केटाले त्यसलाई पिट्ने चलन रहेको स्थानीय रबिना चौधरीले बताइन्। केटी पक्षले फालेको गुरहीलाई शत्रू मानेर पिटीपिटी भगाउने गरेको विश्वास उक्त समुदायमा छ। गुरही पर्वमा फालेर बाँचेको भूजालाई बाँडेर खाने चलन रहेको छ।
गुरही पर्वको अवसरमा आफ्नो आफन्तहरुलाई डाकेर मासु, माछा लगायतका परिकार खाने चलन समेत रहेको छ।
गुरही पर्वको अवसर पारेर आन्दोलनरत थरुहट पक्षधरले धनगढीमा पहिचान झल्किने मौलिक भेषभूषा लगाएर प्रदर्शन गरेका थिए। क्याम्पस चौकबाट सुरु भएको पहिचान झल्काउने विरोध जुलुस धनगढीको पार्क मोड, शिवनगर हुँदै पुनः क्याम्पस चौकमा पुगेर पर्व मनाएको थियो।
गुरही पर्वको अवसरमा सडकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका कैलाली उपाध्यक्ष गया प्रसाद कुश्मीले कैलाली–कञ्चनपुर सहितको थरुहट स्वायत्त प्रदेश कुनै हालतमा नछोडिने बताए।
उनले स्वाभिमानी थारु जातीलाई लक्षित गरेर नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले कैलाली, कञ्चनपुरको एउटा रौं पनि नदिने भनाई राख्दा थारु जातीलाई गोली लागेको भन्दा बढी चोट लागेको बताए। उनले भने- ‘हामी ज्यान दिन्छौं। तर, थरुहट स्वायत्त प्रदेश कुनै हालतमा छोड्दैनौं।’
सोही पार्टीकी नेतृ रामकुमारी चौधरीले अब थारुहरु पहिलेको जस्तो नरहेको भन्दै अधिकारका लागि कडा आन्दोलन गर्नबाट पछि नहट्ने बताए। उनले भने, ‘हाम्रो पहिचान मेटाउने प्रयास भइरहेको छ। त्यसैले सडकमै पर्व मनाएर पहिचान देखाउँदैछौं।’
सो अवसरमा ठाकुर करिया प्रधान, उन्नति चौधरीले मन्तव्य राख्दै थारु समुदायको छुट्टै पहिचान रहेकाले थारु बसोबास जिल्लालाई एउटै प्रदेश बनाउनु पर्ने बताएका थिए।

Tharu Festives Gurahri Celebrate in Dhangadhi 02

Tharu Festives Gurahri Celebrate in Dhangadhi 03

Tharu Festives Gurahri Celebrate in Dhangadhi 04

Tharu Festives Gurahri Celebrate in Dhangadhi 05

Tharu Festives Gurahri Celebrate in Dhangadhi 06

Tharu Festives Gurahri Celebrate in Dhangadhi 07

Tharu Festives Gurahri Celebrate in Dhangadhi 08

Tharu Festives Gurahri Celebrate in Dhangadhi 09

Tharu Festives Gurahri Celebrate in Dhangadhi 10

Tharu Festives Gurahri Celebrate in Dhangadhi 11

Tharu Festives Gurahri Celebrate in Dhangadhi 12

Tharu Festives Gurahri Celebrate in Dhangadhi 16

Tharu Festives Gurahri Celebrate in Dhangadhi 13

Tharu Festives Gurahri Celebrate in Dhangadhi 14

Tharu Festives Gurahri Celebrate in Dhangadhi 15

तस्बिर : अविनाश चौधरी

Leave a Reply

Your email address will not be published.