चिनियाँ बने विश्वकै सबैभन्दा धनी

Wanda AMC Press Conference

दलियान वान्डा समूहका अध्यक्ष वाङ जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ बनेका छन्। नयाँ हुरान रिच लिस्टका अनुसार जियानलिन हङकङका लिका सिङलाई पछि पार्दै विश्वमा धनी चिनियाँ बनेका हुन्। वाङको सम्पत्तिमा एक वर्षको अन्तरालमा ५० प्रतिशतले वृद्धि भई जुनसम्ममा २ सय ६० अर्ब युआन अर्थात ४०.६ अर्ब अमेरिकी डलर भएको हुरान रिसर्च इन्स्टिच्युटले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ।
त्यस्तै, हङकङका ८७ वर्षीय व्यापारी लिका सिङ विश्वका दोस्रो धनी चिनियाँ बनेका छन्। उनको सम्पत्ति २ सय अर्ब युआन पुगेको बताइएको छ। अलिबाबा इन्टरनेट समूहका संस्थापक तथा अध्यक्ष ज्याकमा १ सय ६५ अर्ब युआन जम्मा गर्ने विश्वका तेस्रो धनी चिनियाँ व्यक्ति हुने सौभाग्य पाएका छन्।

Leave a Reply

Your email address will not be published.