आन्दोलनमा ज्यान गए प्रादेश सरकार बनेपछि ५० लाख दिने मोर्चाको निर्णय

 

LEADERS-OF-MADHESI-MORCHA

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थरुहट/मधेस प्रदेशका लागि भइरहेको आन्दोलनमा घाइते भएकाको रेखदेख र उपचारको व्यवस्था गर्ने भएको छ। मधेसी मोर्चाको बुधबार बसेको बैठकले गठवन्धनले आहृवान गरेको बन्दका क्रममा आन्दोलनका क्रममा कसैले ज्यान गुमाए प्रदेशिक सरकार बनेपछि पीडित परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। साथै उसले मृतकको परिवारका एक सदस्यलाई रोजगारी र निःशल्क शिक्षा दिने मोर्चाले बताएको छ।

मोर्चाका शीर्ष नेताहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ-‘थरुहट/मधेश लगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने प्रादेशिक सरकारले शहिद परिवारलाई पचास लाख आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रायदेशिक सरकारले वहन गर्ने छ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ।’

केन्द्रीय समितिको नाममा खाता खोली उपचार कोष खडा गर्ने र सहयोगको लागि आह्वान गर्ने निर्णय भएको मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै, बैठकले धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाडौँ, भैरहवा, नेपालगञ्ज, धनगढीमा मोर्चाआवद्ध घटकहरु सम्मिलित स्थानीय उपचार समिति बनाउने निर्णय पनि गरेको छ।

मोर्चाले आन्दोलनलाई शसक्त र प्रभावकारी बनाउन एउटा केन्द्रीय आन्दोलन परिचालन र संयोजन समिति पनि बनाउने भएको छ। सङ्घीयताको आन्दोलनलाई अझ शसक्त बनाउन समान अवधारणा बोकेका पार्टी, सङ्गठन र संस्थाहरु त्था थारु, मुस्लिम, जनजाति, खसलगायतका सङ्गठनहरुसँग सहकार्य गर्न गठबन्धन बनाउने निर्णय पनि बैठकले गरेको मोर्चाले जनाएको छ। रासस

घाइतेको उपचार गर्न माग

त्यस्तै थरुहट/थारुवान संघर्ष समितिल आन्दोलनमा घाइतेहरुको उपचार गर्न सरकारसँग माग गरेको छ। तराईका विभिन्न स्थानमा प्रहरीमा दमनमा घाइते भएकाहरुको उपचार सरकारले गर्नुपर्ने भन्दै समितिले गृहमन्त्रालयमा ज्ञापन पत्रसमेत बुझाएको छ। घाइतेहरुको नामावलीसहित समितिले बुधबार पत्र बुझाएको जारी विज्ञप्तीमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published.