बन्द गराउँदै सवारी तोडफोड गर्ने दशजना प्रहरी नियन्त्रणमा

Police

जबर्जस्ती यातायात बन्द गराउँदै सवारी तोडफोडमा संलग्न भएपछि झापाको बिर्तामोडबाट आज बिहान शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
छ प्रदेशको सीमाङ्कनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधन तोडफोड गर्ने १० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए।

गणेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष समेत हुन्। उनीसँगै सवारी तोडफोडमा संलग्न भएका तराई मधेस लोकतान्त्रिक पार्टी झापाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, सुन्दरलाल गणेश, सुरेश यादव, गणेश ढुङ्गाना लगायतलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रनाउ राउतले बताए।

मधेसी मोर्चा, थारू सङ्घर्ष समिति, कोचिला सङ्घर्ष समितिलगायतका दलले आह्वान गरेको बन्दका कारण पाँच दिनदेखि झापाको जनजीवन प्रभावित भएको छ। रासस

Leave a Reply

Your email address will not be published.