बन्दले सिरहा, सप्तरीको जनजीवन प्रभावित

Lahan Protest_Tharu

६ प्रदेश र प्रस्तावित सीमांकनप्रति विरोध जनाउँदै मधेसी मोर्चा, नेकपा–माओवादी र थारु कल्याणकारी सभाले आह्वान गरेको बन्दले सिरहा, सप्तरीको जनजीवन पूर्णरुपमा ठप्प छ । बजार, विद्यालय, कार्यालय, यातायात पूर्ण रुपमा बन्द छ।
बिहानैबाट बन्दकर्ताहरु पूर्वपश्चिम राजमार्गको लहान, कदमाहा, भारदह लगायत खण्डमा ब्यानर झुन्डयाएर बसेका छन् । मधेस आन्दोलन थारु आन्दोलनका सहमति संविधानको मस्यौदामा नसमेटिएको प्रति विरोध जनाउँदै उनीहरुले आन्दोलनमा उत्रेको बताएका छन् ।

बन्दकर्ताहरु मोटरसाईकलमा घुमेर बजार, सरकारी कार्यालय र विद्यालय बन्द गराएका छन । बन्दकर्ताबाट हुन सक्ने तोडफोडका घटना रोक्न राजमार्ग र भित्री सडक, बजारमा सुरक्षाकर्मीको उपस्थित बाक्लो पारिएको इलाका प्रसाशन कार्यालय लहानका प्रसाशकीय अधिकृत रञ्जीत अधिकारीले जानकारी दिए ।

यसैबीच आइतबार दिउँसो संयुतm मुस्लिम संघर्ष समितिले लहानमा दबाव ¥याली प्रदर्शन गरी ‘धर्मनिरपेक्ष’ कायम राख्न माँग गरेको छ । संबैधानिक मुस्लिम कानुन बनाउनुपर्ने, संविधानमा मुस्लिमको पहिचायन कायम राख्नुपर्ने समितिको माग छ ।

Leave a Reply

Your email address will not be published.