थारुलाई भाला, खुकुरी उठाउन भन्ने अमरेशलाई कारबाही माग

AmaresH Sing

कांग्रेस नेता अमरेश सिंह विभिन्न कारणले चर्चामा आइरहन्छन्। उनलाई पार्टीभित्र छुट्टै धारको नेताको रुपमा पनि चिनिन्छन्। हालसालै उनी बाबुराम भट्टराईको एक कार्यक्रममा कि मधेस देऊ कि देश भन्ने अभिव्यक्तिले चर्चा पाएको थियो। यही अभिव्यक्तिले उनलाई स्पष्टीकरण पनि दिन परेको थियो।

अहिले फेरि थरुहट आन्दोलनमा हिंसा फैलाएको आरोप उनीमाथि लागेको छ। बिहीबार कैलालीको टीकापुरमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आमसभाको आयोजना गरेको थियो। कार्यक्रममा अमरेशसँगै उपेन्द्र यादव र राजेन्द्र महतो पनि सहभागी थिए।

आमसभामा सम्बोधन गर्दै अमरेशले थारु समुदायले हतियार उठाउनुपर्ने अभिव्यक्ति दिए। उनले अधिकारका लागि थारुहरुले हतियार उठाउनुको विकल्पन नरहेको बताएका थिए। त्यतिमात्र होइन, खुलेरै थारुहरुलाई भाला, खुकुरी र हतियार लिएर सडक आन्दोलनमा आउन सहयोगको वाचासमेत गरे।

यही कुरालाई लिएर कैलालीका अन्य समुदायले अमेरशलगायत उपेन्द्र र राजेन्द्रले सम्प्रायिक द्वन्द्व निम्त्याउने अभिव्यक्ति दिएको आरोप लगाएका छन्। तरुण दलका अध्यक्ष रामबहादुर भण्डारीले विज्ञप्ती जारी गर्दै सदियौंदेखि मिलेर बसेका थारु समुदायालाई उक्साएर हिंसात्मक आन्दोलनतिर जाम भन्ने मधेसीमूलका नेतालाई कारबाही माग गरिएको छ। ‘यदी त्यसो हुन सकेन भने हतियारसहित हामी पनि उठछैं,’ विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

Your email address will not be published.