थरुहट बन्दमा जनजाति महासंघको ऐक्यवद्धता

Chitwan Tharut Protest

चितवन- थारु कल्याणकारिणी सभा चितवनले आह्वान गरेको आमहड्तालमा नेपाल आदिवासी जानजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले ऐक्यवद्धता जनाएको छ।

जिल्ला अध्यक्ष पदमबहादुर गुरुङद्धारा आज जारी विज्ञप्तीमा भनिएको छ, ‘थारु कल्याणकारिणी सभा चितवनले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालको विषयमा नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद्ले समेत पूर्ण सहमती तथा ऐक्यवद्धता जाहेर गर्दछौं।’

महासंघले नेपाल सरकारसंग विगतमा भएका सम्झौता कार्यान्वयन विनै पहिचान र सीमांकलनविहीन तथाकथित ६ प्रदेशमा राज्य पूर्नसंरचना गर्न खोजिएकोमा घोर आपत्ति जनाएको छ। समग्र जनजाति समुदायको हितको पक्षमा संघीय राज्यको सीमांकन गर्न समेत माग गरेको छ।

Leave a Reply

Your email address will not be published.