थरुहट चितवनमा शुक्रबारदेखि आमहड्ताल

11889441_561925447298216_965306010740407461_nचितवन- थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थारु सभासद् संघर्ष समिति र थरुहट संयुक्त संघर्ष समितिले आह्वान गरेको थरुहट/थारुवान आमहड्तालमा समर्थन जनाउँदै थारु कल्याणकारिणी सभा चितवनले भोली (शुक्रबार)देखि चितवनमा पनि आमहड्ताल आह्वान गरेको छ । 

आज साँझ भरतपुरमा सम्पन्न थारु अगुवाहरुको बैठकले भोलीदेखि साउन ३२ गतेसम्म थरुहट भुमी चितवनमा पनि बन्द आह्वान गरिएको थारु कल्याणकारिणी सभा चितवनका सभापति विश्राम महतोले जानकारी दिए ।

बैठकपश्चात आजै साँझ सभाले प्रेस विज्ञप्ती जारी गरि भोलीदेखि बन्द आह्वान गरिएको जानकारी गराएको हो । सभाका सभापति विश्राम महतोद्धारा जारी विज्ञप्तीमा केन्द्रीय समितिले आह्वान गरेको सम्पूर्ण संघर्षका कार्यक्रममा समर्थन रहेको जनाएको छ । चितवनलाई पहाडसंग नजोडिकन थरुहट प्रदेशमा गाभ्नु पर्ने थाकसको माग छ ।

चितवनमा बन्द आह्वान गर्ने बारेमा तीनदिनदेखी थारु अगुवाहरु आन्तरिक छलफलमा थिए । युवाहरुको चर्को दवाबपछि चितवनमा पनि बन्दको कार्यक्रम घोषणा गरिएको हो । केन्द्रीय समितिले साउन २७ गतेदेखि नै थरुहट/थारुवान क्षेत्रमा बन्दको आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published.